Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले १० लाख शुभेच्छुक र समर्थक गुमाएको छ, त्यही फिर्ता गर्न चाहन्छु : सभापति थापा

कांग्रेसले १० लाख शुभेच्छुक र समर्थक गुमाएको छ, त्यही फिर्ता गर्न चाहन्छु : सभापति थापा

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको बताएका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला अहिले देशका समस्या रहेको बताएका हुन् ।

सभापति थापाले भने–‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो । यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’

कांग्रेसमा धेरै व्यक्ति लामो लडाइँ लडेर आएको बताउँदै उनले त्यो लडाइँ देश र लोकतन्त्रका लागि रहेको बताए ।

उनले भने–‘यहाँ धेरै लडाइँ लडेर, यति धेरै मानिसको जीवन र जवानी गएको छ यसभित्र, हामीहरूको त केही पनि होइन, हामी एउटा कारण कि लोकतन्त्र, त्यहाँभित्र नागरिकको स्वतन्त्रता हुन्छ, नागरिकको आत्मसम्मान हुन्छ, नागरिकको सहभागिता हुन्छ र त्यसैबाट नागरिकको जीवनमा परिवर्तन आउँछ, परिवर्तनको त्यो बाटो सम्भव छ ।’

देशका मुल मुद्दामा पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि कांग्रेसलाई तयार बनाउन पार्टीभित्र छलफल गर्ने र समर्थकलाई बताउनुपर्ने उनले बताए  ।

यसपालि कांग्रेसले यस्तै १० लाख शुभेच्छुक र समर्थकको मत गुमाएको स्वीकार गर्दै उनले भने–‘त्यो १० लाख शुभेच्छुक तथा समर्थकको बीचमा म पुग्न चाहन्छु । म उनलाई भरोसा दिलाउन चाहन्छु पार्टी सभापतिका रूपमा । जे कारणले कांग्रेस हुनुभएको हो म त्यही फिर्ता गर्न चाहन्छु ।’

कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताए । 

पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर रहेको बताउँदै उनले भने–‘म के भनिरहेको छु– १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र । त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077