Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

गगन थापा भन्छन्- कांग्रेसले संविधानका आधारभूत संरचनामा कुनै सम्झौता गर्दैन

गगन थापा भन्छन्- कांग्रेसले संविधानका आधारभूत संरचनामा कुनै सम्झौता गर्दैन

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनका विषयमा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । 

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् ।  

उनले भने- 'संविधानको आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहु जातीयता, बहु धार्मिकता, बहुसांस्कृतिक विशेषता, समावेशी–समानुपातिक प्रतिनिधित्वका विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता गर्दैन । यो कुरा हाम्रो प्रतीज्ञापत्र र विधानमा व्यवस्था गरिसकेका छौं ।'

सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषयहरू नेपाली कांग्रेसका लागि अपरिवर्तनीय रहेको बताए । 

उनले यी विषयहरू पार्टीको विधान र केन्द्रीय कार्यसमितिको निर्णयबाट समेत प्रष्ट भइसकेको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने जिकिर गरे । 

यस्तै सभापति थापाले एकैचोटि संविधान संशोधन गर्दा देश समस्यामा पर्नसक्ने बताए ।

थापाले थप भने- 'एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौं वर्ष, १० औं वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एक पटक नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्दछ ।' 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077