Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पार्क निर्माणमा ३९ करोड भ्रष्टाचार आरोप, पूर्व प्रदेश मन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

पार्क निर्माणमा ३९ करोड भ्रष्टाचार आरोप, पूर्व प्रदेश मन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव र नगर प्रमुखसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापासमेत ७ जना र निर्माण कम्पनी बिकोई धुलिखेल जेभी बानेश्वर, काठमाडौं उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार उक्त आयोजनामा ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ।

पूर्वअर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ भने मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोप लगाइएको छ।

त्यस्तै, उपसचिव न्यौपानेमाथि २० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ भने निर्माण कम्पनीमाथि पनि ३९ करोड ३९ लाख रुपैयाँ बिगो र जरिवानाको माग गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077