Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दीपक भट्टसँग जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ

दीपक भट्टसँग जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । धितोपत्रसम्बन्धी कसुरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार काठमाडौंको सिफल क्षेत्रबाट रिमाललाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार उनी बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका थिए।

प्रहरी अनुसन्धानअनुसार हिमालय रिइन्स्योरेन्सको नाममा भएको कथित इन्साइडर ट्रेडिङ प्रकरणमा मृगेन्द्रनाथ रिमालले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दुरुपयोग गरेको आरोप छ।

कम्पनीको ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ लगानीकर्ताको हितविपरीत प्रयोग गरिएको अभियोगमा रिमालसहित अन्य पदाधिकारीविरुद्ध १६ करोड १७ लाख ५२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

उक्त प्रकरणमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल समेत मुछिएका छन्।

भट्टविरुद्ध २ अर्ब ८९ करोड २० लाख रुपैयाँ, अग्रवालविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ लगायत अर्बौँ रुपैयाँ बिगो दाबी गरिएको छ। उनीहरु सम्पत्ति शुद्धीकरण कसुरमा हाल पुर्पक्षका लागि थुनामा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077