Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साताव्यापी चीन भ्रमणमा निस्किए पूर्वप्रधानमन्त्री झलनाथ खनाल

साताव्यापी चीन भ्रमणमा निस्किए पूर्वप्रधानमन्त्री झलनाथ खनाल

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।

चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि बिहीबार खनाल चीन प्रस्थान गरेका हुन्। 

भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतृत्व तथा सरकारी अधिकारीहरूसँग विभिन्न विषयमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास साझेदारी, कूटनीतिक सहकार्य, क्षेत्रीय हितका विषय र दुई देशबीचको पारस्परिक सहयोग विस्तारबारे छलफल हुने बताइएको छ। 

साथै, नेपाल–चीन मित्रता र भ्रातृत्व सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार–विमर्श हुने जनाइएको छ।

खनालको भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी सहकार्यका नयाँ सम्भावनाबारे छलफल गर्ने अवसरका रूपमा हेरिएको छ। 

सचिवालयका अनुसार साताव्यापी भ्रमण पूरा गरी उनी निर्धारित कार्यक्रमपछि स्वदेश फर्किनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077