Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झलनाथ खनाल भन्छन् - २००७ सालदेखि कै उच्चपदस्थहरूको सम्पत्ति छानबिन गरौं

झलनाथ खनाल भन्छन् - २००७ सालदेखि कै उच्चपदस्थहरूको सम्पत्ति छानबिन गरौं

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले विसं. २००७ सालदेखि कै उच्चपदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । 

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले २०४६ सालपछिको मात्र नभई प्रजातन्त्र स्थापना भएदेखिकै अवैध सम्पत्तिको खोजी हुनुपर्ने माग गरेका हुन् ।

नेता खनालले कुनै पनि कालखण्डमा गलत ढङ्गले आर्जन गरिएको सम्पत्ति छानबिनको दायरामा आउनुपर्ने जिकिर गरे ।

‘२०४६ साल यताको मात्र होइन, २००७ सालदेखिकै सम्पत्ति किन छानबिन नगर्ने ?’ खनालले प्रश्न गरे, ‘सरकारले उनीहरूलाई किन जोगाउन खोज्दैछ ?’

उनले आफ्नो पार्टीका सबै नेताहरूको सम्पत्ति छानबिनका लागि तयार रहेको स्पष्ट पारे। खनालले सम्पत्ति छानबिनको प्रक्रियालाई पारदर्शी र कानुनी बनाउनुपर्नेमा जोड दिँदै यसलाई राजनीतिक प्रतिशोधको साधन बनाउन नहुने चेतावनी समेत दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077