Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

झलनाथ खनालको चेतावनी – देश अन्तरद्वन्द्वतर्फ धकेलिन सक्छ

झलनाथ खनालको चेतावनी – देश अन्तरद्वन्द्वतर्फ धकेलिन सक्छ

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वमाथि भइरहेको धरपकडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरूलाई अपराधीजस्तो व्यवहार गरिए देश अन्तरद्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले कानुनी प्रक्रिया र विधिको शासनलाई बेवास्ता गरेर राजनीतिक व्यक्तित्वमाथि कारबाही गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए।

उनले सरकारलाई कानुनसम्मत प्रक्रिया अपनाएर मात्र कुनै पनि कदम चाल्न आग्रह गर्दै राजनीतिक प्रतिशोधको आभास हुने गतिविधिले मुलुकमा असमझदारी र अस्थिरता बढाउने धारणा राखे।

संविधान संशोधनबारे बोल्दै खनालले हतार र अपरिपक्व ढंगले प्रक्रिया अघि बढाइए देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए।

संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयनको समग्र समीक्षा गरेर मात्रै संशोधनबारे निर्णय लिनुपर्ने उनको भनाइ थियो।

उनले संविधानका धेरै प्रावधान, विशेषगरी भाग–४ अन्तर्गतका व्यवस्था अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै पहिले कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई संविधान कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए।

सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिबारे पनि खनालले टिप्पणी गर्दै चितवनमा प्रधानमन्त्रीले ‘मेरो राष्ट्रियतामाथि शंका गर्नु पर्दैन’ भनेको स्मरण गराए।

संसदमा सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाइएको विषयमा स्वयं प्रधानमन्त्रीले नै संसदमा आएर त्यसबारे स्पष्ट धारणा राख्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077