Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनको अभिव्यक्ति खतरनाक, प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : पूर्वप्रधानमन्त्री खनाल

बालेनको अभिव्यक्ति खतरनाक, प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : पूर्वप्रधानमन्त्री खनाल

सोमवार , जेठ १८, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर खनालले कडा आपत्ति जनाउँदै उक्त भनाइलाई “राष्ट्रविरोधी” भएको आरोप लगाएका हुन्।

प्रधानमन्त्री शाहले संसद्‌मा बोल्दै नेपाल–भारत सीमा विवादका सन्दर्भमा नेपालले पनि भारतको केही स्थानमा जग्गा मिचेको विषय उल्लेख गरेपछि चौतर्फी बहस सुरु भएको छ। सोही अभिव्यक्तिलाई आधार बनाएर खनालले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्।

खनालले उक्त अभिव्यक्तिलाई अत्यन्त गम्भीर, गलत र देशको सम्मानविरुद्ध भएको टिप्पणी गर्दै प्रधानमन्त्री पदमा बस्न नसुहाउने बताएका छन्।

उनले प्रधानमन्त्रीले कुन दस्तावेज, प्रमाण वा आधिकारिक तथ्यका आधारमा यस्तो अभिव्यक्ति दिएको हो भन्ने प्रश्नसमेत उठाएका छन्।

उनका अनुसार, यस्तो भनाइले देशभित्र र बाहिर रहेका नेपाली नागरिकको देशभक्तिपूर्ण भावनामाथि चोट पुर्‍याएको छ। उनले सरकार प्रमुखको हैसियतमा जिम्मेवार अभिव्यक्ति दिनुपर्नेमा जोड दिएका छन्।

खनालले भनेका छन्, “राष्ट्रविरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन।” उनले प्रधानमन्त्रीको उक्त भनाइ संसद् रेकर्डबाट हटाउन सभामुख समक्ष पनि आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077