Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

समय र परिस्थितिले हिर्काउन थालिसक्यो, आजकै दिनबाट वामपन्थी एकतालाई अगाडि बढाऊँ : झलनाथ खनाल

समय र परिस्थितिले हिर्काउन थालिसक्यो, आजकै दिनबाट वामपन्थी एकतालाई अगाडि बढाऊँ : झलनाथ खनाल

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेकपाका नेता झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रमूलक रूपमा हत्या भएको बताएका छन्।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अत्यन्त रहस्यमय, कायरतापूर्वक र षडयन्त्रपूर्ण ढङ्गले हत्या गरिएको बताए।

उनले भने–‘कसले हत्या गरेका थिए ? ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामी भित्रै छ। तर उहाँमाथि जुन प्रकारको एउटा हत्याको षडयन्त्र रचियो, त्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने देश र विदेशका प्रतिक्रियावादीहरूको घोर षडयन्त्र हो। यो षडयन्त्र उहाँमाथि मात्र होइन, यो सिङ्गो कम्युनिस्ट आन्दोलनमाथि जारी छ।’

उनले अहिले पनि षड्यन्त्र जारी रहेको भन्दै सबैले सतर्क भएर अगाडि बढ्नु अत्यावश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट एकताको विकल्प नभएको पनि बतए । लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा भेला भएको बताउँदै उनले समय र परिस्थितिले हिर्काउन थालेको भन्दै एकताको विकल्प नभएको बताएका हुन् । 

उनले आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन थाल्नुपर्ने पनि बताए ।

नेता खनालले आजकै दिनलाई प्रस्थानविन्दु मानेर वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन सबैलाई आग्रह समेत गरे ।

देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूले बबन्डर मच्चाइरहेको दाबी गर्दै उनले त्यस्ता प्रवृत्तिविरुद्धको लडाइँलाई गतिशील रूपमा अघि बढाउन पनि कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको धारणा राखे ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077