काठमाडौं । प्रतिनिधि सभाबाट 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' पारित भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सभामुखले प्रश्तावको पक्ष र विपक्षमा मत माग गर्दा विपक्षमा कुनै आवाज नसुनिएपछि विधेयक सर्वसम्मतिले पारित भएको सभामुखले घोषणा गरेका हुन् ।
त्यसअघि उक्त विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।
उनले भने- 'विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन् । तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।'