Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

झलनाथ र प्रचण्डको एउटै स्वर–कम्युनिष्टहरुबीच सहकार्य गरिहालौँ, नत्र भयानक दुर्घटना हुन्छ

झलनाथ र प्रचण्डको एउटै स्वर–कम्युनिष्टहरुबीच सहकार्य गरिहालौँ, नत्र भयानक दुर्घटना हुन्छ

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरु बीच तत्कालै सहकार्य थालिहाल्नुपर्ने बताएका छन् । 

 मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने चेतावनी दिए ।

भारतमा जस्तै नेपालमा पनि कम्युनिष्टलाई सिध्याउने प्रयास भएको बताउँदै उनले भने–‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ । भारतमा कम्युनिष्ट सिध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ । नेपालमा पनि के गरी सिध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन् । यही षडयन्त्रको परिणतिका रुपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौ । त्यसैले यसलाई रोक्न राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताका विरुद्ध, फासिज्मका विरुद्ध, वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नुहुँदैन । नत्र भयानक दुर्घटना हुन्छ ।’

आफूले आजै, अहिल्यै कम्युनिष्टहरुबीच एकताको कुरा नगरेको प्रष्ट पार्दै भने–‘मैले भोलि नै, आज बेलुकै पार्टी एकता गरौं भनेको छैन । सहकार्य गर्न सकिन्छ भने आजै गरौं भनेको हो । भरे सकिन्छ भने भरे गरौं । संसदमा, सडकमा, चुनावमा गरौं । सहकार्य गर्न जति ढिलो गर्यो त्यति भयानक दुर्घटना हुने वालाछ । सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ ।’

यसअघि सोही कार्यक्रममा बोल्दै नेकपाका सहसंयोजक झलनाथ खनालले देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूले बबन्डर मच्चाइरहेको दाबी गर्दै त्यस्ता प्रवृत्तिविरुद्धको लडाइँलाई गतिशील रूपमा अघि बढाउन पनि कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको धारणा राखेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077