Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्रान्तिको सपना अझै अधुरो छ, अब कम्युनिस्ट एकताबाट समाजवादको यात्रा सुरु गर्छौं : प्रचण्ड

क्रान्तिको सपना अझै अधुरो छ, अब कम्युनिस्ट एकताबाट समाजवादको यात्रा सुरु गर्छौं : प्रचण्ड

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको भन्दै सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरेर समाजवादतर्फ नयाँ यात्रा सुरु गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री दाहालले रुकुमको मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।

‘हामी समाजवादको यात्रामा अघि बढिरहेका छौँ, तर क्रान्तिको सपना अझै पूरा भएको छैन,’ उनले भने, ‘त्यसका लागि विभिन्न कम्युनिस्ट समूहलाई एकताबद्ध गरेर नयाँ ढंगले अघि बढ्न नेकपा बनाएका छौँ। अब बाँकी रहेका कम्युनिस्टहरूलाई पनि एक ठाउँमा ल्याउँछौँ।’

दाहालले पछिल्ला राजनीतिक उपलब्धिलाई संस्थागत र व्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया र संविधानसभाबाट आएको उपलब्धिलाई जोगाउँदै अघि बढ्न सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

उनका अनुसार शान्ति सम्झौता र संविधानसभाको पक्षमा रहेका दलहरूबीच सहमति र सहकार्य कायम गर्दै समाजवाद उन्मुख राजनीतिक मार्गलाई सुदृढ गरिनेछ।

प्रचण्डको यो अभिव्यक्तिले कम्युनिस्ट एकता, समाजवादको एजेन्डा र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सुरु हुने संकेत दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077