काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वामपन्थी एकताका लागि ढिला गर्न नहुनेमा जोड दिएका छन् ।
आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सो कुरामा जोड दिएका हुन् ।
उनले अहिलेको समयमा विदेशी शक्तिहरु षडयन्त्रमा लागेको आरोप लगाउँदै वामपन्थी एकता हुनु अपरिहार्य रहेको दाबी गरे।
लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका पूर्वप्रधानमन्त्री त्रयलाई एकै मञ्चमा राखेर सो कुरा बताएका हुन् ।
जहा कार्यक्रमको प्रमुख अथिति भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थिइन् ।

उनले भने- 'वामपन्थी एकता सधैँ आवश्यक्ता थियो तर हामीमा कहिले सिङ पलायो, कहिले पुच्छर पलायो, कहिले के पलायो,’ , ‘अब यही दिनबाट वामपन्थी एकतालाई अघि सार्ने अभियान थालौँ । आजको आवश्यक्ता वामपन्थी एकता ।'
साथै, उनले नेकपा एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने उनको दाबी छ ।
रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका वर्तमान प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप लगाउँदै उनले भने- 'गत चुनावमा दुईवटा दलमात्रै निर्वाचनभन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, करिब १ सय सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो ।'