Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बाँदर धपाउन ४५ लाख विनियोजन

बाँदर धपाउन ४५ लाख विनियोजन

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट गाउँपालिकाले बाँदरबाट पीडित किसानलाई राहत दिन नीति तथा कार्यक्रममै बजेट व्यवस्था गरेको छ । ‘बाँदर हेरालु’ परिचालनका लागि बजेट विनियोजन गरेर गाउँपालिकाले किसानलाई राहत दिने प्याकेज ल्याएको हो । 
नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । 
नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १ सय १ रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
बाँदरको समस्या निराकरण गर्न ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । बाँदरको समस्या समाधान गर्न सङ्घीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको जनाइएको छ ।
नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई के चाहिन्छ ? कार्यक्रमअन्तर्गत किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण र एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077