Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार पनि घट्यो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार पनि घट्यो

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार २६.१६ अंकले घटेको छ। 

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.९६ प्रतिशतले घट्दै नेप्से २६७४.४८ विन्दुमा रोकिएको हो। 

नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

नेप्सेमा मंगलबार ३५३ कम्पनीको ७२ हजार ८५४ पटकको कारोबारमा एक करोड ४० हजार १६४ कित्ता सेयर किनबेच भए। जसअनुसार चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको कारोबार भयो। सोमबार भने चार अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज २२ कम्पनीका मात्र सेयरमूल्य बढे। २३९ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा म्युचुअल फन्डको सूचक मात्र बढ्दा बाँकी १२ समूहका सूचक राताम्मे बने।

जसअनुसार वाणिज्य बैंक ०.२९‚ विकास बैंक ०.४३‚ फाइनान्स १.२८‚ होटेल तथा पर्यटन १.११‚ जलविद्युत् १.६३‚ लगानी १.०३‚ जीवन बिमा ०.८५‚ उत्पादन तथा प्रशोधन १.९२ र लघुवित्त समूहको सूचक ०.६९ प्रतिशतले घट्यो। म्युचुअल फन्ड समूहको सूचक ०.४५ प्रतिशतले बढ्दा निर्जीवन बिमा १.०१‚ अन्य ०.६७ र व्यापार समूहको उपसूचक १.५७ प्रतिशले घट्यो।

नेप्सेमा टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४।९९ प्रतिशतले आम्दानी गरे। बुंगल हाइड्रो कम्पनी लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले सेयरमूल्य गुमाए। अर्थात् बुंगलको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् लिमिटेड अग्रस्थानमा रह्यो। मंगलबार यसको ३४ करोड १६ लाख २९ हजार ८८४ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड नै अगाडि रह्यो। यसको नौ लाख १३ हजार ६५० कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३६८ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077