Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, मधेशमा सबैभन्दा धेरै

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, मधेशमा सबैभन्दा धेरै

कर्णाली प्रदेशमा ५.२ प्रतिशत मात्रै

मंगलवार , आषाढ ९, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर आफ्ना ५ लाख २३ हजार ५ सय ६५ सदस्य रहेको जनाएको छ । 

चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमार्फत् महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी सदस्यबारे जानकारी गराएका हुन्।

प्रस्तुत गरेको प्रतिवेदन अनुसार कूल सदस्यमध्ये सबैभन्दा बढी २३.३ प्रतिशत मधेश प्रदेशमा रहेका छन् । 

बागमती प्रदेश २०.५ प्रतिशतसहित दोस्रो स्थानमा छ । 

l.jpg

यसैगरी कोशीमा १४ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेको विवरणमा उल्लेख छ ।

यस्तै पार्टीको सदस्य संरचनामा पुरुषको हिस्सा ७५.८ प्रतिशत रहेको छ भने महिलाको सहभागिता १७.२ प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ । 

अन्य लैङ्गिक समूहको सहभागिता ०.१ प्रतिशत छ भने करिब ६.९ प्रतिशत सदस्यको विवरण खुल्न बाँकी रहेको जनाइएको छ ।

साथै रास्वपाले अहिलेसम्म ६४ जिल्ला, ६०९ पालिका र ४३६३ वडाको अधिवेशन सम्पन्न भएको र हुन बाँकी रहेकामा तयारी भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077