Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बन्दसत्रमा कडा रुपमा प्रस्तुत भए रवि लामिछाने, भने- रास्वपामा कुनै गुट-उपगुट नहोस्

बन्दसत्रमा कडा रुपमा प्रस्तुत भए रवि लामिछाने, भने- रास्वपामा कुनै गुट-उपगुट नहोस्

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिहरुलाई गुट–उपगुट नबनाउन कडा निर्देशन दिएका छन् ।

मंगलबार भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले जताबाट आएको भए पनि सबैलाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन्।

रविले भने- 'कुनै गुट उपगुट नहोस् । घण्टीवाहकले मात्र जित्ने हो, शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ, फरक हुँदैन।'

साथै उम्मेदवारमध्ये ‘यसलाई भोट हाल उसलाई नहाल’ भन्ने व्यक्ति रास्वपा हुन नसक्ने भन्दै कटाक्ष गरे ।

सभापति लामिछानेले योग्य उम्मेदवारलाई मत दिन आग्रह गर्दै भने- 'निर्वाद रुपमा उम्मेदवारी दिनुहोस् । कसलाई भोट दिने जिम्मा तपाईँको यसलाई भोट दिनू र उसलाई भोट नदिनू भनेर उर्दी जारी गर्ने मान्छे रास्वपा होइन ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077