काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको बताएका छन् ।
आज पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । उनले चुनावअघि नै बालेनको खुट्टामा बल पुर्याइएको भन्दै अब गोल हान्ने जिम्मा बालेनकै भएको प्रष्ट पारे ।
उनले रास्वपा नेतृत्वमा दुई तिहाइको सरकार बनेको र त्यसको पार्टीले निगरानी गरिरहेको बताए ।
‘रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको । उहाँले यसको निरन्तरता दिइरहनुभएको छ । झुक्किएर त्यो बल कहीँ आएछ भने फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो । यहाँ मुख मिठ्याउनेहरु धेरै छन् । म तीनलाई जवाफ दिन होइन इतिहासलाई जवाफ दिन बोलिरहेको छु,’ उनले भने ।