Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मधेशका रास्वपा सांसदसँग रवि लामिछानेले गरे सामूहिक छलफल

मधेशका रास्वपा सांसदसँग रवि लामिछानेले गरे सामूहिक छलफल

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन्।

विवादको कारण रास्वपा मधेश प्रदेशको कुनै जिल्लामा पनि अधिवेशन हुन नसकेको बेला सभापतिले पार्टीका सांसदहरूसँग छलफल गरेको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सभापति लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग प्रदेश अधिवेशनलाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा सुझाव तथा धारणा आदानप्रदान गरेका थिए ।

साथै छलफलमा मधेश प्रदेशमा पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध थप मजबुत बनाउने रणनीति तथा समसामयिक राजनीतिक विषयहरूबारे पनि विचारविमर्श भएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077