एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखिको तनाव र द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित ऐतिहासिक शान्ति सम्झौता भएको दाबी गरिएको छ ।
पाकिस्तानको मध्यस्थतामा तयार पारिएको भनिएको उक्त समझदारीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विद्युतीय माध्यमबाट हस्ताक्षर गरेको दाबी गरिएको हो ।
उक्त दाबीअनुसार सम्झौतामा सबै मोर्चामा तत्काल सैन्य कारबाही रोक्ने, एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता समावेश गरिएको छ।
त्यस्तै, इरानले स्ट्रेट अफ हर्मुज पुनः खुलाउने र अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने समझदारी भएको पनि उल्लेख गरिएको छ। साथै, इरानको विदेशमा रोक्का रहेको सम्पत्तिबारे पनि आगामी वार्तामा छलफल हुने दाबी गरिएको छ।
दाबीअनुसार सम्झौताको कार्यान्वयनका लागि स्विट्जरल्यान्डमा उच्चस्तरीय वार्ता हुने तथा अमेरिकी र इरानी उच्च अधिकारीबीच प्रत्यक्ष संवादको तयारी गरिएको छ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले भने इरानले प्रतिबद्धता पूरा नगरे पुनः कडा कदम चाल्न सकिने चेतावनी दिएको दाबी पनि गरिएको छ।