Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पको निर्णायक बैठक निष्कर्षविहीन, इरानसँगको युद्धविराम अझै अन्योलमा

ट्रम्पको निर्णायक बैठक निष्कर्षविहीन, इरानसँगको युद्धविराम अझै अन्योलमा

शनिवार , जेठ १६, २०८३

एजेन्सी । इरानसँगको युद्धविरामलाई निरन्तरता दिने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलाएको उच्चस्तरीय बैठक कुनै ठोस निर्णयबिनै टुङ्गिएको छ।

ह्वाइट हाउसको अत्यन्त संवेदनशील मानिने ‘सिचुएसन रुम’मा शुक्रबार बसेको बैठकपछि पनि युद्धविरामको भविष्य अन्योलमै रहेको संकेत देखिएको छ।

बैठकअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले कहिल्यै पनि आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने सर्त दोहोर्‍याएका थिए। साथै, विश्व व्यापारका लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पूर्ण रूपमा खुला गरिनुपर्ने र त्यहाँ राखिएका समुद्री बारुदी सुरुङहरू हटाइनुपर्ने अडान पनि उनले राखेका थिए।

यसअघि दुवै देशका अधिकारीहरूबीच ६० दिनका लागि युद्धविराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमबारे वार्ता अघि बढाउने समझदारीको प्रारम्भिक खाका तयार भएको खबर सार्वजनिक भएको थियो। तर उक्त प्रस्ताव कार्यान्वयनका लागि राष्ट्रपति ट्रम्प र इरानी नेतृत्वको अन्तिम स्वीकृति आवश्यक रहेको बताइएको छ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्पले अमेरिकाको सुरक्षा हित र आफ्ना ‘रेडलाइन’हरू सुनिश्चित हुने अवस्थामा मात्र कुनै सम्झौतालाई समर्थन गर्ने स्पष्ट सन्देश दिएका छन्।

गत अप्रिल ८ देखि लागू भएको युद्धविरामपछि ट्रम्पले पटक–पटक अमेरिका र इरान सम्झौताको नजिक पुगेको दाबी गरे पनि हालसम्म कुनै निर्णायक परिणाम निस्किएको छैन।

शुक्रबार उनले अर्को पोस्टमार्फत हर्मुज जलमार्गमा लगाइएको अमेरिकी नाकाबन्दी हटाउन आफू तयार रहेको संकेत दिएका थिए। साथै, इरानले आफ्नो संवर्द्धित युरेनियम हटाउन र नष्ट गर्न अमेरिकालाई अनुमति दिनुपर्ने मागसमेत दोहोर्‍याएका छन्।

तर इरानले अमेरिकी दाबीलाई अस्वीकार गरेको छ। इरानको फार्स समाचार एजेन्सीले ट्रम्पका भनाइलाई “सत्य र झूटको मिश्रण” भन्दै समझदारीको प्रारम्भिक खाकामा आणविक सामग्री नष्ट गर्ने कुनै प्रावधान नरहेको दाबी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077