Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमण, दुई सैनिकको मृत्यु

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमण, दुई सैनिकको मृत्यु

आइतवार , श्रावण ३, २०८३

एजेन्सी । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो ।

अमेरिकी सेनाका अनुसार इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी सैन्य अड्डामाथि आक्रमण गरेको थियो। आक्रमणका बेला अमेरिकी तथा सहयोगी राष्ट्रका सैनिकहरूले प्रतिरक्षा गर्दै जवाफी कारबाही गरिरहेका थिए।

यो घटनासँगै अमेरिका–इरानबीच जारी सैन्य तनाव सुरु भएयता प्रत्यक्ष इरानी आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएको पहिलो घटना बनेको अमेरिकी सेनाले जनाएको छ।

आक्रमणमा घाइते भएका चार अमेरिकी सैनिकको जोर्डनस्थित अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ। मृत्यु भएका सैनिकहरूको नाम र परिचय भने उनीहरूका परिवारलाई औपचारिक जानकारी नदिइएसम्म सार्वजनिक नगरिने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077