Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

अमेरिकालाई इरानको चेतावनी - आक्रमण जारी रहे कुनै पनि सीमा सुरक्षित रहने छैन

अमेरिकालाई इरानको चेतावनी - आक्रमण जारी रहे कुनै पनि सीमा सुरक्षित रहने छैन

आइतवार , श्रावण ३, २०८३

एजेन्सी । अमेरिका–इरानबीच बढ्दो सैन्य तनावका बीच इरानले अमेरिकी आक्रमण जारी रहे कुनै पनि सीमा सुरक्षित नहुने चेतावनी दिएको छ । 

इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनीईका वरिष्ठ सैन्य सल्लाहकार तथा इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का पूर्वप्रमुख मेजर जनरल मोहसेन रेजाईले इरानी सञ्चारमाध्यमसँगको कुराकानीमा अमेरिकालाई प्रत्यक्ष चेतावनी दिएका हुन् ।

रेजाईले अमेरिकी सैन्य आक्रमण केही दिनसम्म निरन्तर जारी रहे इरानले युद्धलाई नयाँ र व्यापक चरणमा लैजाने बताएका छन्।

'यदि अमेरिकी आक्रमण अझ केही दिन जारी रह्यो भने हामी युद्धलाई पूर्ण रूपमा पुनः सुरु गर्ने चरणमा प्रवेश गर्नेछौँ,' उनले भने।

इरानी सरकारी समाचार एजेन्सी आईआरआईबीका अनुसार रेजाईले इरान अब केवल बराबरीको जवाफी कारबाहीमा सीमित नबस्ने स्पष्ट पारेका छन्। उनका अनुसार त्यसपछि क्षेत्रका कुनै पनि सीमा वा सैन्य अड्डा सुरक्षित रहने अवस्था नहुनेछ।

उनको उक्त चेतावनीपछि इरानले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077