Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

हर्मुज स्ट्रेटमा तेल ढुवानी लगभग ठप्प, अमेरिका–इरान द्वन्द्व थप चर्कियो

हर्मुज स्ट्रेटमा तेल ढुवानी लगभग ठप्प, अमेरिका–इरान द्वन्द्व थप चर्कियो

शुक्रवार , आषाढ २६, २०८३

एजेन्सी । अमेरिका र इरानबीचको सैन्य तनाव थप तीव्र बन्दै जाँदा विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज स्ट्रेटमा जहाज आवतजावतमा गम्भीर असर परेको छ।

ढुवानीसम्बन्धी तथ्यांकअनुसार बिहीबार तेल ट्यांकरहरूको आवागमन लगभग ठप्प भएको छ, जसले विश्व ऊर्जा बजारमा थप चिन्ता बढाएको छ।

जहाज ट्र्याकिङ कम्पनी केप्लरका अनुसार बिहीबार बिहानसम्म हर्मुज स्ट्रेट हुँदै केवल दुईवटा तेल ट्यांकर मात्र आवतजावत गर्न सकेका थिए। पछिल्ला सैन्य गतिविधिका कारण अधिकांश जहाजले आफ्नो यात्रा स्थगित वा वैकल्पिक मार्ग रोजेका छन्।

यसैबीच, इरानको मुख्य आणविक ऊर्जा केन्द्र रहेको बुसेहर तथा रणनीतिक बन्दरगाह बन्दर अब्बास क्षेत्रमा विस्फोट भएको खबर सार्वजनिक भएको छ। यी घटनापछि दक्षिणी इरानमा सुरक्षा सतर्कता अझ कडा पारिएको छ।

अमेरिकी आक्रमणको जवाफस्वरूप इरानले कुवेत, बहराइन र कतारस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यसले मध्यपूर्वमा युद्ध थप फैलिने जोखिम बढाएको विश्लेषण गरिएको छ।

यता, जोर्डनले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानद्वारा प्रहार गरिएका आठ वटा क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ। क्षेत्रीय मुलुकहरूले हवाई सुरक्षा प्रणाली उच्च सतर्कतामा राखेका छन्।

इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणलाई नागरिक पूर्वाधारमाथिको हमला भन्दै त्यसलाई ूयुद्ध अपराधूको संज्ञा दिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077