Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति, भोलि दोहामा वार्ता

अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति, भोलि दोहामा वार्ता

सोमवार , आषाढ १५, २०८३

एजेन्सी । केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् ।

दुवै देशले होर्मुज विवाद समाधान गर्न भोलि मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका हुन् । 

वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवतजावत गर्न दिने समझदारी बनेको छ । यद्यपि वाशिङ्टन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताए ।

पछिल्ला केही दिनयता होर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढेको थियो ।

अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य इलाकालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077