Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आज इरानसँग वार्ता गर्न स्विट्जरल्यान्ड पुगे ट्रम्पका दूत र ज्वाइँ

आज इरानसँग वार्ता गर्न स्विट्जरल्यान्ड पुगे ट्रम्पका दूत र ज्वाइँ

आइतवार , आषाढ ७, २०८३

एजेन्सी । मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिका र इरानबीच बहुप्रतीक्षित वार्ता आइतबारबाटै सुरु हुन सक्ने संकेत देखिएको छ ।

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर स्विट्जरल्यान्ड पुगिसकेको जानकारी दिँदै वार्ता आजै प्रारम्भ हुन सक्ने बताएका हुन् ।

शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड पुग्ने तयारीमा रहेको बताउँदै कूटनीतिक संवादबाट तनाव समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गरे।

यता, इरानले लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणको कडा विरोध गरेको छ। अमेरिका–इरानबीच भएको समझदारीअनुसार इरान तथा यस क्षेत्रका लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्ने सहमति भएको दाबी गर्दै तेहरानले इजरायलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।

शुक्रबार मात्र इजरायल र लेबनानबीच युद्धविराम घोषणा भएको थियो। तर त्यसको करिब आठ घण्टामै शनिबार बिहान इजरायलले दक्षिणी लेबनानमा पुनः आक्रमण गरेपछि स्थिति फेरि तनावपूर्ण बनेको हो।

यस घटनापछि इरानको मुख्य सैन्य कमान्ड ‘खातम अल–अन्बिया’ले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः बन्द गरिएको घोषणा गरेको जनाएको छ।

यसैबीच पाकिस्तानको विदेश मन्त्रालयले इस्लामावाद समझदारीपत्रअनुसार अमेरिका र इरानबीच प्राविधिक तहको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुने जनाएको छ।

वार्तामा दुवै देशका प्रतिनिधिसँगै पाकिस्तान र कतारका मध्यस्थकर्ताको सहभागिता रहनेछ भने पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निरन्तर निर्वाह गर्ने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077