Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सर्तहरू पूरा नभएसम्म अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने इरानको चेतावनी

सर्तहरू पूरा नभएसम्म अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने इरानको चेतावनी

शनिवार , जेठ ३०, २०८३

एजेन्सी । इरानले अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिएको छ । 

इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)सँग कुरा गर्दै इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्व निर्धारित प्रावधानहरू पूरा नभए समय अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका हुन् । 

अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने र दायित्व पूरा भए पछि मात्र स्थिति सहज हुने बताए।

समझदारी तथा ज्ञापन-पत्रका प्रावधानहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको  छ ।

अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भित्र सामूहिक रूपमा निर्णय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताएका हुन् । 

उनले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयन चुनौतीहरूको अपेक्षा गरेको पनि चेतावनी दिएका छन् । 

यता, दुवै देशबीच युद्धविरामलाई स्थायी बनाउने, रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मोज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सहमति “धेरै हदसम्म टुंगिसकेको” दाबी गर्दै प्रस्तावित आक्रमणहरू रोकिएको बताएका थिए ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजराइलले इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामाथि हवाई आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।

त्यसको प्रतिक्रियास्वरूप इरानले हर्मोज जलमार्गमा अवरोध सिर्जना गर्दै क्षेत्रीय तनाव चर्काएको थियो। यसबीच अप्रिलमा युद्धविरामको प्रारम्भिक सहमति भए पनि छिटपुट आक्रमणहरू जारी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077