काठमाडौं । पशुपति क्षेत्रमा बस्दै आएका एक साधुको हत्या गरेको आरोपमा अर्का साधु पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दर्वेनाथ भनिने सुविन रानामगर रहेका छन्।
गत फागुनमा काठमाडौं महानगरपालिका-८ पशुपति १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार ९जोगी०मृत अवस्थामा फेला परेका थिए।
महाशिवरात्रि मेलाका क्रममा केही साधुहरूसँग भएको विवादपछि सन्तोषमाथि सामूहिक आक्रमण भएको थियो ।
अनुसन्धानका क्रममा चिम्टा र बाँसको चिर्पटले प्रहार गरी उनको हत्या गरिएको खुलेको थियो ।
यसअघि प्रहरीले घटनामा संलग्न भएको आशंकामा भारतको उत्तर प्रदेशका ४८ वर्षीय नीरज नाथ र दोलखाका २३ वर्षीय आशीर्वाद नाथ योगी (सरोज तामाङ) लाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
प्रहरीका अनुसार हत्या गरेपछि मुख्य आरोपी द्रव्यनाथ बल्खु हुँदै भारततर्फ फरार भएका थिए ।
त्यसपछि उनलाई शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।