Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा रास्वपाका नेता पक्राउ

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा रास्वपाका नेता पक्राउ

सोमवार , जेठ १८, २०८३

जाजरकोटमा। महिलामाथि हातपात र कुटपिटको अभियोगमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही पक्राउ परेका छन्।

शाहीलाई जेठ १६ गते कुशे गाउँपालिका–६ स्थित स्वास्थ्य चौकीको भवनभित्र एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो । 

गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ ।

महिलामाथि दुर्व्यवहार भएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो।

अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि शाहीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले नियन्त्रणमा लिई सात दिनको म्याद थप गरी हिरासतमा राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077