Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्दिरमा आगो लगाउने भन्दै भड्काउ अभिव्यक्ति दिने परियार पक्राउ

मन्दिरमा आगो लगाउने भन्दै भड्काउ अभिव्यक्ति दिने परियार पक्राउ

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय जनक परियार रहेका छन् ।

केही दिनअघि परियारले काठमाडौंको अनामनगरस्थित संवाद डबली कार्यक्रममा बोल्दै 'मठ=मन्दिरमा आगो लगाइदिन्छौँ' भन्ने अभिव्यक्ति दिएका थिए । 

साथै उनले समान अधिकार सुनिश्चित नभए देशभर विद्रोह हुने चेतावनी समेत दिएका थिए ।

उक्त अभिव्यक्तिले धार्मिक भावनामा आघात पुगेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले टोखाबाट पक्राउ गरिएको हो । 

उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077