Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कुवेतमा इरानको मिसाइल र ड्रोन आक्रमण, अमेरिकीद्वारा जवाफी हमला

कुवेतमा इरानको मिसाइल र ड्रोन आक्रमण, अमेरिकीद्वारा जवाफी हमला

बुधवार , जेठ २०, २०८३

एजेन्सी । मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि तीव्र बनेको छ । इरानले बुधबार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरिएको छ ।

अमेरिकी पक्षका अनुसार इरानबाट प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रहरू आफ्नो लक्ष्यमा पुग्न सकेनन् । केही क्षेप्यास्त्र मार्गबाट विचलित भएका थिए भने केहीलाई हावामै नष्ट गरिएको थियो। बहराइनतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई अमेरिका र बहराइनको संयुक्त वायु रक्षा प्रणालीले अवरोध गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको विज्ञप्तिमा इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको उल्लेख गर्दै सबै आक्रमण असफल पारिएको दाबी गरेको छ।

तनाव बढ्दै गएपछि अमेरिकी सेनाले पनि तत्काल जवाफी कारबाही गरेको छ। अमेरिकी सैन्य स्रोतहरूका अनुसार इरानको क्वेसम टापु तथा अन्य रणनीतिक सैन्य अड्डाहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको छ।

ती आक्रमणबाट भएको क्षति तथा मानवीय हताहतीबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको अवस्थामा खाडी क्षेत्रका देशहरूले उच्च सतर्कता अपनाएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077