Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

अमेरिकालाई ‘कहिल्यै नभुल्ने पाठ’ सिकाउने इरानी सर्वोच्च नेताको चेतावनी

अमेरिकालाई ‘कहिल्यै नभुल्ने पाठ’ सिकाउने इरानी सर्वोच्च नेताको चेतावनी

आइतवार , श्रावण ३, २०८३

एजेन्सी । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाप्रति कडा चेतावनी दिँदै कुनै पनि युद्ध उक्साउने कदमले अमेरिकाले 'कहिल्यै बिर्सन नसकिने पाठ' सिक्नुपर्ने अवस्था आउने बताएका छन् ।

इरानी सरकारी टेलिभिजनबाट प्रसारित कार्यक्रममा उद्घोषकले खामेनीको नयाँ लिखित सन्देश वाचन गर्दै अमेरिकामाथि सम्झौता उल्लङ्घन र अविश्वसनीय व्यवहारको आरोप लगाएका हुन् ।

सन्देशमा अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको विश्वसनीयतामाथि प्रश्न उठाउँदै भनिएको छ, 'सम्झौताको उल्लङ्घनले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्त्व वा विश्वसनीयता नरहेको कुरा फेरि एकपटक प्रमाणित गरेको छ। अमेरिकाले आफ्नो वास्तविक अनुहार विश्वसामु उजागर गरेको छ। उसका नीतिहरू झूट, अविश्वास र धोकाले भरिएका छन्।'

खामेनीले अमेरिकाले इरानविरुद्ध सैन्य तनाव बढाउने वा युद्ध भड्काउने प्रयास गरे त्यसको मूल्य निकै महँगो पर्ने चेतावनी दिएका छन्। उनका अनुसार इरान र उसका सहयोगीहरूले अमेरिकालाई यस्तो जवाफ दिनेछन्, जसको प्रभाव अमेरिकाले लामो समयसम्म सम्झिरहनेछ।

अमेरिका–इजरायलको संयुक्त आक्रमणमा आफ्ना पिताको निधनपछि सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका मोज्तबा खामेनी हालसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077