Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

अनसनरत वाङचुकले औषधि लिन गरे इन्कार !

अनसनरत वाङचुकले औषधि लिन गरे इन्कार !

शनिवार , श्रावण २, २०८३

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा २१ दिनदेखि आमरण अनसनमा बसेका अभियानकर्ता सोनाम वाङचुकलाई शनिबार बिहान प्रहरीले जबरजस्ती उठाएर सफदरजंग अस्पताल भर्ना गरेको छ।

अस्पताल प्रशासनले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार वाङचुक डिहाइड्रेशनबाट पीडित छन्।

चिकित्सकीय परीक्षणमा उनको शरीरमा पोटासियमको मात्रा अत्यन्त कम रहेको र युरिन किटोनको स्तर ३ पुगेको उल्लेख गरिएको छ। यद्यपि, वाङचुकले चिकित्सकले उपलब्ध गराएको औषधि तथा उपचार लिन अस्वीकार गरेका छन्।

यसैबीच, वाङचुकका निजी चिकित्सक डा. नितिन दिघेले अस्पतालमा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थितिका कारण आफ्नो चिकित्सक टोलीलाई बिरामीसँग भेट्न नदिइएको आरोप लगाएका छन्।

वाङचुकले पेपर लीक प्रकरणको निष्पक्ष अनुसन्धान तथा भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै २१ दिनअघि आमरण अनसन सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077