Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

भारतले सुरु गर्‍यो पहिलो हाइड्रोजन रेल ‘नमो ग्रिन रेल’

भारतले सुरु गर्‍यो पहिलो हाइड्रोजन रेल ‘नमो ग्रिन रेल’

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । भारतले हरित र स्वच्छ रेल यातायाततर्फ ऐतिहासिक कदम चाल्दै आफ्नो पहिलो हाइड्रोजन रेल सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्द रेल्वे स्टेसनबाट ‘नमो ग्रिन रेल’को औपचारिक उद्घाटन गरेका हुन्।

प्रारम्भिक चरणमा यो रेल हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ। रेलले जिन्द, गोहाना, सोनीपतलगायतका विभिन्न स्टेशन तथा हल्टमा यात्रु सेवा प्रदान गर्नेछ।

भारतको रेल मन्त्रालयका अनुसार यो रेलले हाइड्रोजनबाट आफैं विद्युत् उत्पादन गर्ने भएकाले सञ्चालनका लागि ओभरहेड विद्युत् लाइन आवश्यक पर्दैन। रेलमा जडित प्रोटोन एक्सचेन्ज मेम्ब्रेन (PEM) फ्युल सेलले हाइड्रोजन र वायुमण्डलबाट प्राप्त अक्सिजनबीच रासायनिक प्रतिक्रिया गराई विद्युत् उत्पादन गर्छ। यही विद्युत्ले ट्र्याक्सन मोटर सञ्चालन गरी रेललाई गुडाउन सहयोग गर्छ।

यस प्रविधिबाट जलवाष्प र ताप मात्र उत्सर्जन हुने भएकाले धुवाँ वा प्रत्यक्ष कार्बन उत्सर्जन हुँदैन। यही कारण यसलाई वातावरणमैत्री र दिगो यातायात प्रणालीका रूपमा हेरिएको छ।

विश्वका अधिकांश हाइड्रोजन रेल २ देखि ३ कोचमा सीमित रहेका बेला भारतले भने १० कोचको हाइड्रोजन रेल सञ्चालनमा ल्याएको छ।

करिब २ हजार ६ सय यात्रु बोक्न सक्ने क्षमता रहेको यो रेलमा दुईवटा हाइड्रोजन ड्राइभिङ पावर कारआठ ट्रेलर कोच रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077