Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

महाराजगञ्जमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

महाराजगञ्जमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका–४ महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडि शुक्रबार भएको बहुसवारी दुर्घटनामा १० जना घाइते भएका छन्। दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६डीडी६०६३ नम्बरको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकलसमेत संलग्न रहेका छन्।

दुर्घटनामा घाइते भएका सबै १० जनाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य नौ जनाको अवस्था मध्यम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077