Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचियो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचियो

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन्।

कांग्रेस स्रोतका अनुसार गत साता शौचालयमा लड्दा उनको दायाँ हात भाँचिएको हो।

घटनापछि देउवालाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रारम्भिक उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् भने हाल चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित निगरानीमा स्वास्थ्य लाभ गरिरहेको स्रोतले जनाएको छ।

देउवा यसअघि पनि स्वास्थ्य उपचारका लागि पटक–पटक विदेश गएका छन्। गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षणका लागि उनी स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवासँग सिंगापुर गएका थिए।

त्यसभन्दा अघि गत भदौमा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा उनी घाइते भएका थिए। घटनामा घाँटीमा चोट लागेपछि उपचारका लागि कात्तिक १० गते पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित सिंगापुर गएका थिए। उपचारपछि उनी कात्तिक २८ गते स्वदेश फर्किएका थिए।

पछि आरजु राणा भारतबाट सिंगापुर पुगेपछि देउवा दम्पती चैतमा हङकङ गएका थिए। त्यतिबेला देउवाको सचिवालयले थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनीहरू हङकङ गएको जनाएको थियो।

हङकङमै रहेका बेला देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको थियो।

तर, प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गराउन पहल गरे पनि इन्टरपोलले राजनीतिक व्यक्तिविरुद्ध यस्तो नोटिस जारी गर्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो।

यद्यपी देउवा र उनकी पत्नी राणाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै २ महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धामा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेला-बेलामा पत्नी आरजुसँगै हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक हुने गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077