Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीविरुद्धको रिट न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीविरुद्धको रिट न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा

सोमवार , जेठ ११, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । 

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार सुनुवाइ हुँदैछ ।

यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । उक्त रिटमा आज दोस्रो सुनुवाइ हुन लागेको हो ।

देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। 

तर उक्त कदमविरुद्ध सर्वोच्च पुगेका देउवाले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा हेर्ने कानुनी क्षेत्राधिकार विशेष अदालतको मात्र भएको जिकिर गरेका छन् । काठमाडौं जिल्ला अदालतलाई यस विषयमा क्षेत्राधिकार नै नभए पनि आफूविरुद्ध गैरकानुनी रूपमा पक्राउ पुर्जी जारी गरिएको दाबी रिट निवेदनमा गरिएको छ ।

देउवाले आफू अनुसन्धान प्रक्रियामा सहयोग गर्न पूर्ण रूपमा मन्जुर रहेको र आफ्नो सम्पत्तिको स्रोत खुलाउन समेत तयार रहेको उल्लेख गर्दै आफूलाई पक्राउ गर्नुपर्ने कुनै वस्तुनिष्ठ कारण र अवस्था नरहेको जिकिर अदालतसमक्ष गरेका छन् । 

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पत्नी आरजु राणा देउवासहित हङकङ प्रस्थान गरेका देउवा हालसम्म नेपाल फर्किएका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077