Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला १० जेठमा हुने

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला १० जेठमा हुने

सोमवार , जेठ ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ।

देउवाको गृहप्रदेश सुदूरपश्चिममा आगामी १० जेठमा हुने उक्त भेला धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिने जनाइएको छ ।

देउवा समूहले सार्वजनिक गरेको प्रचार सामग्रीमार्फत भेलाको औपचारिक जानकारी दिइएको हो ।

कांग्रेसभित्र आन्तरिक शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारी तीव्र भइरहेका बेला देउवा समूहले प्रदेशस्तरीय कार्यक्रमलाई निरन्तरता दिएको हो ।

यसअघि उक्त समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077