Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

राष्ट्रिय भेलाको मिति तोक्न पूर्णबहादुर खड्काले बोलाए विस्तारित बैठक

राष्ट्रिय भेलाको मिति तोक्न पूर्णबहादुर खड्काले बोलाए विस्तारित बैठक

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको बैठक बोलाएका छन्। 

चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज दिउँसो २ बजे बस्नेगरी नेता खड्काले  बैठक बोलाएका हुन्। 

बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंजिल्ला सभापतिलाई बोलाइएको छ। 

स्रोतका अनुसार, विस्तारित बैठकले राष्ट्रिय भेलाको तिथि मिति तय गर्ने सम्भावना छ।

यसअघि गत शुक्रबार पनि खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो। बैठकमा नेताहरू डा‍. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’ एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, रमेश लेखक, डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, श्याम घिमिरेल र वीरबहादुर बलायरलगायत सहभागी थिए। 

उक्त बैठकले असार भित्रै राष्ट्रिय भेला बोलाउने सहमति गरेको थियो। 

साथै कांग्रेस सभापति गगन थापालगायत नेताहरूसँग पार्टी एकताका लागि भएका छलफलबारे ‘ब्रिफिङ’ गरिएको थियो। 

अब अगाडि कसरी बढ्ने भन्ने विषय र राष्ट्रिय भेलाको मिति तोक्न खड्काले विस्तारित बैठक बोलाएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077