Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिकको समयसीमा पुनः थप गरेको छ।

अब पार्टीका सम्बन्धित निकायले साउन ३ गतेसम्म सदस्यता नवीकरण र अद्यावधिकको प्रक्रिया पूरा गर्न सक्ने भएका छन्।

कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले यसअघि असार २० गतेसम्म तोकिएको समयसीमा विस्तार गर्ने निर्णय गरेको हो।

पार्टीका अनुसार वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया समयमै सम्पन्न हुन नसकेपछि समय थप्नुपरेको हो।

यसबाट बाँकी रहेका जिल्लाहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न सहज हुने विश्वास गरिएको छ।

त्यस्तै, क्रियाशील सदस्यता अद्यावधिक वा वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077