Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

धनकुटामा गृहमन्त्री गुरुङको 'सरप्राइज' निरीक्षण, सेवाग्राहीलाई फोन गरेर सोधे– सरकारी सेवा कस्तो छ ?

धनकुटामा गृहमन्त्री गुरुङको 'सरप्राइज' निरीक्षण, सेवाग्राहीलाई फोन गरेर सोधे– सरकारी सेवा कस्तो छ ?

आइतवार , आषाढ २१, २०८३

धनकुटा । गृहमन्त्री सुधन गुरुङले धनकुटाको दुईदिने भ्रमणका क्रममा सरकारी सेवा प्रवाहको वास्तविक अवस्था बुझ्न सेवाग्राहीसँग प्रत्यक्ष फोन सम्पर्क गर्दै प्रहरी प्रशासन र सरकारी कार्यालयको कामकारबाहीबारे जानकारी लिएका छन् ।

शनिबार र आइतबार धनकुटामा रहेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै विशेषगरी मुद्दा फाँट, सुशासन र न्याय सम्पादनसँग प्रत्यक्ष सरोकार राख्ने शाखाहरूको अवस्था मूल्यांकन गरेका हुन् ।

निरीक्षणका क्रममा उनले सेवाग्राहीसँग फोनमार्फत प्रत्यक्ष प्रतिक्रिया लिँदै कर्मचारी र प्रहरीको व्यवहार, सेवा प्रवाहको गुणस्तर तथा जनगुनासोबारे जानकारी लिएका थिए।

निरीक्षणपछि गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुख र कर्मचारीलाई सेवा प्रवाहलाई थप छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिए।

उनले नागरिकलाई अनावश्यक झन्झट नदिई पारदर्शी र जवाफदेही ढंगले सेवा उपलब्ध गराउन जोड दिएका थिए।

विद्यालय तहको अध्ययनका क्रममा केही वर्ष धनकुटामा बसेका गुरुङले भ्रमणका अवसरमा आफ्ना पुराना शिक्षक, साथीभाइ र आफन्तसँग भेटघाट गरेका थिए। उनले धनकुटाको प्रसिद्ध निशान मन्दिरमा दर्शन गर्नुका साथै जिल्ला सुरक्षा समितिसँग सुरक्षा अवस्थाबारे छलफल गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077