Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख रुपैयाँ जरिवाना

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख रुपैयाँ जरिवाना

बुधवार , आषाढ १०, २०८३

चितवन । रास्वपाको महाधिवेशनको सिलसिलामा चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि एक होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान भरतपुर विमानस्थल अगाडि रहेको होटल लड्र्स बिजनेस कम्प्लेक्स प्रालिमा नास्ता गर्ने क्रममा गृहमन्त्री गुरुङको अम्लेटमा दुई वटा माछाको काँडा फेला परेको थियो। 

गृहमन्त्रीको गुनासोपछि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्मासहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको निरीक्षण गरेको थियो ।

निरीक्षणपछि उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्यान्न प्रयोग तथा सेवा प्रदान गरेको निष्कर्ष निकाल्दै होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

साथै अनुगमनका क्रममा भेटिएका गुणस्तरहीन खाद्य सामग्रीहरू पनि नष्ट गरिएको छ ।

घटनापछि अम्लेट तयार पार्ने दुईजना कुक (भान्छे)लाई पनि प्रहरीले हिजो नै पक्राउ गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077