Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका हुन् । 

उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।

गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो । 

हिरासतमा राखिएको करिब आधा घण्टापछि गुरुङको नेतृत्वमा आएको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेर धम्की दिएको उनीहरुको आरोप छ । 

निवेदकहरूले उनीसँगै आएका व्यक्तिहरूले हिरासतभित्रै चरम मानसिक दबाब दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरेका छन् । कानून हातमा लिएर थुनुवाहरूलाई आतंकित पारेको पीडितहरुको आरोप छ ।

निवेदनमा भनिएको छ–‘पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै छिरेर मानसिक यातना दिने गृहमन्त्री र उनको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन निर्देशन दिइयोस् । साथै, अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने प्रहरी कर्मचारीमाथि पनि विभागीय कारबाही होस् ।’

यस्तो छ उजुरी

1.jpg

2.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077