Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कञ्चनपुरको भीमदत्त–१८ चर्चामा : लागुऔषधमा जनप्रतिनिधि, अभद्र व्यवहार मुद्दामा पत्रकार पक्राउ

कञ्चनपुरको भीमदत्त–१८ चर्चामा : लागुऔषधमा जनप्रतिनिधि, अभद्र व्यवहार मुद्दामा पत्रकार पक्राउ

सोमवार , आषाढ ८, २०८३

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ हाल दुई अलग–अलग घटनाका कारण चर्चामा आएको छ ।

एकातर्फ वडासदस्यबाट लागुऔषध बरामद भएको छ भने अर्कोतर्फ वडाध्यक्षमाथि कुटपिटको आरोपमा एक पत्रकार पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार गौरा मन्दिर टोल क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गरिएको निगरानीका क्रममा भीमदत्त नगरपालिका–१८ की वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो ।

प्रहरीले गरेको शरीर खानतलासीका क्रममा उनको शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा ३० एम्पुल लागुऔषध बरामद गरिएको जनाएको छ।

बरामद सामग्रीमध्ये प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल रहेको प्रहरीले जनाएको छ। घटनाबारे लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

यस्तै, सोही वडाका वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। देवकोटाको जाहेरीका आधारमा सोमबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार कुँवरलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ । एकै वडासँग सम्बन्धित जनप्रतिनिधि र पत्रकार जोडिएका यी दुई घटनाले भीमदत्त नगरपालिका–१८ यतिबेला चर्चाको केन्द्र बनेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077