Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

२३ हजार भन्दा बढी मोवाइलसहित २७ लाखको अवैध सामान बरामद

२३ हजार भन्दा बढी मोवाइलसहित २७ लाखको अवैध सामान बरामद

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । नवलपरासीमा २७ लाख बढीका अवैध सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–११ गैडहा भन्ने भित्री सडकको छेउमा राखेको अवस्थामा उक्त सामान बरामद भएको जनाएको छ ।

बरामद भएको सामानको मूल्य २७ लाख १९ हजार ९८४ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बरामद सामानमा ४७ वटा कार्टुनमा राखिएका २३ हजार ५ सय पिस मोबाइल टेम्पर ग्लास र ३२ कार्टुनमा राखिएका ९८४ प्याकेट हुक्कामा प्रयोग गरिने विभिन्न फ्लेवर रहेका छन् । 

प्रहरकिा अनुसार कोही पनि नबस्ने खाली घरबाट सामान बरामद भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077