कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् ।
उनलाई सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका सूचना अधिकारी डीएसपी टेकबहादुर रावलका अनुसार कुँवरलाई देवकोटाको जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको हो ।
घटना कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागूऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रमका क्रममा भएको बताइएको छ । सोही कार्यक्रममा पुगेकी कुँवरले वडाध्यक्ष देवकोटामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेको आरोप छ।
घटनापछि पीडित पक्षले जाहेरी दिएसँगै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।