Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका राप्रपाका तीन पूर्वअध्यक्षले भने - पार्टी पतन भएको हेर्न चाहँदैनौँ

केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका राप्रपाका तीन पूर्वअध्यक्षले भने - पार्टी पतन भएको हेर्न चाहँदैनौँ

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन् ।

उनीहरूले पार्टीभित्र बेथिति, पूर्वाग्रहपूर्ण कारबाही र विधानविपरीत गतिविधि बढेको आरोप लगाउँदै संयुक्त रूपमा असन्तुष्टि जनाएका हुन्।

आइतबार जारी संयुक्त वक्तव्यमा उनीहरूले असार ५ र ६ गते काठमाडौंमा बसेको बैठकमा अनुपस्थित रहनुको कारण स्पष्ट पार्दै यो कदमलाई ‘साङ्केतिक विरोध’का रूपमा व्याख्या गरेका छन्। वक्तव्यमा पार्टीप्रतिको प्रतिबद्धता अटल रहेको उल्लेख गर्दै ‘सङ्कुचित सोच, पक्षपात र अनुशासनको नाममा प्रतिशोधपूर्ण कारबाही’प्रति असन्तुष्टि जनाइएको छ।

पूर्वअध्यक्षत्रयले राप्रपा अहिले वैचारिक, संगठनात्मक तथा रणनीतिक चुनौतीमा रहेको उल्लेख गर्दै यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन आवश्यक रहेको बताएका छन्। उनीहरूले केन्द्रीय समितिको बैठकमा बाहिरी व्यक्तिको सहभागिताप्रति पनि असन्तुष्टि जनाएका छन्।

त्यसैगरी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने सुझाव दिँदै पार्टीभित्रको अविश्वास र असन्तोष अन्त्य गर्न माग गरेका छन्। उनीहरूले आगामी २०८३ मंसिर २६ गते महाधिवेशन गर्ने निर्णयको स्वागत गर्दै वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न आग्रह गरेका छन्।

‘हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन, पार्टी कमजोर नहोस् भन्ने मात्र चिन्ता हो,’ उनीहरूले वक्तव्यमा उल्लेख गरेका छन्।

साथै, पार्टी छाडेर गएकाहरूलाई फर्किन र कार्यकर्तालाई महाधिवेशन तयारीमा जुट्न आह्वान गर्दै उनीहरूले ‘हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र’लाई स्पष्ट वैचारिक आधार बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077