Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा राप्रपाको रिक्त सिटमा ठाकुर सांसद सिफारिस

मधेश प्रदेशमा राप्रपाको रिक्त सिटमा ठाकुर सांसद सिफारिस

मंगलवार , बैशाख २९, २०८३

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश प्रदेशमा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा महोत्तरीकी सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ।

यसअघि सांसद रहेकी कञ्चन विच्छाले अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टीले फिर्ता बोलाएको थियो । विच्छा पार्टीको निर्णय विपरित प्रदेश सरकारको मन्त्री बनेपछि कारबाहीमा परेकी थिइन् । कारबाहीविरुद्ध उनले अदालतमा दिएको रिटसमेत खारेज भएपछि उनी संसदबाट पदमुक्त भएकी थिइन् ।

बिच्छा पदमुक्त भएपछि रिक्त स्थानमा सिफारिस गरी पठाउन निर्वाचन आयोगबाट पत्र प्राप्त भएपछि सोही क्लस्टरको समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको हो

निर्वाचन आयोगले ठाकुरलाई बुधबार प्रमाणपत्र प्रदान गर्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077