Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्तिम समयमा विश्वासको मत प्रक्रियाबाट किन पछि हटे मधेशका मुख्यमन्त्री यादव ?

अन्तिम समयमा विश्वासको मत प्रक्रियाबाट किन पछि हटे मधेशका मुख्यमन्त्री यादव ?

शुक्रवार , जेठ १, २०८३

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत नलिने भएका छन् ।

केही दिनअघि सरकारमा सामेल विभिन्न राजनीतिक दलहरुबीच वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका थिए ।

जसअनुसार जेठ १ गते (आज)का लागि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तय भएको थियो । 

तर, जनता समाजवादी पार्टी नेपालले निर्णय नदिएपछि मुख्यमन्त्री यादव आजका लागि विश्वासको मत लिने निर्णयबाट पछि हटेका हुन् ।

सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि तथा राजनीतिक खटपटका कारण मुख्यमन्त्री तत्काल मत परीक्षणमा नजाने निर्णयमा पुगेको बताइएको छ ।

गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाट अर्थमन्त्री महेश प्रसाद यादव तथा खेलकुद तथा समाज कल्याण मन्त्री वसन्त कुशवाहा सरकारमै कायम रहेका छन् ।यद्यपि, जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले विश्वासको मतको पक्षमा मतदान नगर्न आफ्ना सांसदहरूमाथि ह्विप जारी गरेका छन् ।  

यसैबीच मुख्यमन्त्री यादवले अब जेठ ८ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्रलाई पठाएका छन् ।

सोहीअनुसार मुख्यमन्त्री यादवले अब आगामी जेठ ८ गते विश्वासको मत लिने तयारी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077