Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहण आज

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहण आज

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता यादव ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमालेबाहेकका सात दलका ७७ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनलाई कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदको समर्थन छ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077